• सबै शाखाहरु संगको समन्वयमा कार्यालयको वार्षिक कृषि विकास कार्यक्रम, बजेट तथा योजना तर्जुमा गरि PLMBIS मा प्रविष्टि गर्ने ।
  • वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्न स्थानीय तह, जनप्रतिनिधिहरु, कृषक प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुसंग समन्वय एवं अन्तरकृया/छलफल आयोजना गर्ने ।
  • कार्यालय प्रमुखको मार्गनिर्देशनमा वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्ने ।
  • कार्यालयबाट सम्पादन भएका कार्यहरुको त्रैमासिक तथा वार्षिक प्रगति विवरणहरु अन्य शाखाहरुसंगको समन्वयमा तयार गर्ने ।
  • मन्त्रालय र निर्देशनालयबाट परिपत्र भए अनुसारको विवरण तथा प्रतिवेदनहरु निर्देशानुसार तयार गरि पठाउने । 
  • स्थानीय तह र सम्बन्धित निकायहरुसंग समन्वय गरि जिल्लाको समग्र कृषि तथ्याङ्क नियमित संकलन, व्यवस्थापन र अद्यावधिक गर्ने ।
  • कृषि कर्जा एवं बाली विमा सम्बन्धि कार्यमा आवश्यक समन्वय र सहजिकरण ।
  • कृषि बजार व्यवस्थापन तथा बजार विकास सम्बन्धि कार्यमा आवश्यक सहजिकरण गर्ने ।
  • जिल्लामा उत्पादन हुने मुख्य कृषि उपजहरुको मूल्य निर्धारण कार्यमा समन्वय तथा सहजिकरण गर्ने । 
  • वार्षिक पुस्तिका, लाभग्राही विवरण पुस्तिका, प्रविधि पुस्तिका लगायतका पुस्तिकाहरु प्रकाशन एवं प्रचार प्रसार गर्ने । 
  • कार्यालयबाट संचालन हुने वार्षिक स्विकृत कार्यक्रमहरु मध्ये जिम्मेवारी प्राप्त भएका कार्यक्रमहरुको सूचना प्रकाशन, प्राप्त आवेदनहरुको स्थलगत भेरिफिकेशन, सम्झौता तथा कार्यान्वयन संग सम्वन्धित क्रियाकलापहरुको सघन रुपमा स्थलगत अनुगमन एंव निरिक्षण गरि प्रगति तथा उपलब्धि मापन र अभिलेखिकरण गर्ने । 
  • सरकारी/गैह्र सरकारी संस्था, अनुसन्धान केन्द्र एंव कम्पनीहरु संग समन्वय गरि प्रविधि प्रसार, अध्ययन, परिक्षण सम्वन्धी क्रियाकलापहरु संचालन गर्ने गराउने ।
  • कार्यालयको सूचना अधिकारीको रुपमा कार्य गर्ने ।
  • कार्यालयको नियमित बैठक संचालन/व्यवस्थापन गर्न तथा निर्णयहरु लेखन एंव यथोचित कार्यान्वयन गर्न कार्यालय प्रमुखलाई आवश्यक सहयोग गर्ने।