• बाली संरक्षण संग सम्वन्धित प्रविधि प्रसार एंव परामर्श उपलव्ध गर्ने/गराउने ।
  • विषादी अवशेष द्रुत परिक्षण प्रयोगशालाको प्रमुखको रुपमा प्रयोगशाला संचालन तथा व्यवस्थापन सम्वन्धि आवश्यक कार्यहरु गर्ने/गराउने ।
  • केन्द्रको कार्य क्षेत्र भित्रका विषादी व्यावसायीहरुको विवरण अद्यावधिक गर्ने, व्यवसाय इजाजत नविकरणका लागि सिफारिश गर्ने तथा नियमीत निरिक्षण गरि नविकरण नगरेको पाइएमा प्रचलित नियमानुसार इजाजत पत्र जफतको प्रक्रिया अगाडी बढाउन आवश्यक सिफारिश गर्ने ।
  • विभिन्न बालीमा देखापरेका रोग किराको पहिचान गरी कृषकलाई उचित प्राविधिक सल्लाह र सुरक्षित विषादी प्रयोग गर्न सिफारिस गर्ने ।
  • कृषि उद्यम तथा व्यवसाय सञ्चालन गर्न चाहनेहरूको लागि प्राविधिक तथा व्यवसायिक कार्ययोजना तयार गर्न आवश्यक सहयोग गर्ने/गराउने ।
  • बाली संरक्षण संग सम्वन्धित प्रविधि पुस्तिकाहरु प्रकाशन एवं प्रचार प्रसार गर्न सहयोग गर्ने । 
  • स्थानिय तहमा कार्यरत कृषि प्राविधिक एवं कृषकहरुका लागि आवश्यक प्राविधिक परामर्श सेवा प्रदान गर्ने ।
  • बागवानी संग सम्वन्धित प्रविधिको नियमित रुपमा प्रचार प्रसार, प्रदर्शन तथा परामर्श सेवा उपलव्ध गराउने ।
  • वार्षिक कृषि विकास कार्यक्रम संचालन गर्दा स्थानीय तह, जनप्रतिनिधिहरु, कृषक प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुसंग आवश्यक समन्वय गर्ने ।
  • वार्षिक कार्यक्रम तर्जुमाका लागि आवश्यक प्राविधिक पृष्ठपोषण उपलव्ध गराउने ।
  • कार्यालयबाट संचालन हुने वार्षिक स्विकृत कार्यक्रमहरु मध्ये जिम्मेवारी प्राप्त भएका कार्यक्रमहरुको सूचना प्रकाशन, प्राप्त आवेदनहरुको स्थलगत भेरिफिकेशन, सम्झौता तथा कार्यान्वयन संग सम्वन्धित क्रियाकलापहरुको सघन रुपमा अनुगमन निरिक्षण गरि प्रगति तथा उपलब्धि मापन र अभिलेखिकरण गर्ने। 
  • सरकारी/गैह्र सरकारी संस्था, अनुसन्धान केन्द्र हरु एंव कम्पनीहरु संग समन्वय गरि बागवानी सम्वन्धि प्रविधि प्रसार, अध्ययन तथा परिक्षण सम्वन्धित क्रियाकलापहरु संचालन गर्ने गराउने ।