देशमा संघिय व्यवस्था लागु भईसकेपछि प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा काभ्रे र सिन्धुपलान्चोक जिल्ला कार्यक्षेत्र रहने गरी वि.सं. २०७५ सालमा कृषि ज्ञान केन्द्र काभ्रेको स्थापना भएको हो l काभ्रेपलान्चोक र सिन्धुपलान्चोक जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई समयसापेक्ष नयाँ प्रविधिको माध्यमबाट आधुनिकिकरण र व्यवसायीकरण गरी समग्र जिल्लावासीको जीवस्तरमा सुधार ल्याउनु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ l