• कृषि प्राविधिक, कृषकहरुका लागि क्षमता अभिवृद्धी गर्न तालिम, गोष्ठी तथा भ्रमण जस्ता कार्यक्रमहरु संचालन तथा व्यवस्थापन सम्बन्धि आवश्यक कार्यहरु गर्ने/गराउने।
  • केन्द्रमा रहेको माटो परिक्षण प्रयोगशालाको प्रमुखको रुपमा रहि माटोको नमुना परिक्षण विश्लेषण तथा नतिजा प्रतिवेदन तयार गरि लाभग्राहीलाइ उपलव्ध गराउने
  • कार्यालयको वार्षिक कृषि विकास कार्यक्रम, बजेट तथा योजना तर्जुमा गर्नका लागि आवश्यक पृष्ठपोषण दिने
  • कृषि प्रविधि सम्वन्धि प्रचार प्रसारका लागि स्थानीय तहका कृषि प्राविधिकहरु, कृषकहरु तथा कृषिसँग सम्बन्धित अन्य सरोकारवालाहरुसंग नियमित रुपमा अन्तरकृया/छलफल गर्ने।
  • तालिम तथा प्रसार शाखाबाट सम्पादन भएका कार्यक्रमहरुको प्रतिवेदन तयार गर्ने ।
  • आधुनिक तथा उन्नत कृषि प्रविधिको प्रदर्शन, परीक्षण तथा सिफारिस गर्ने/गराउने।
  • कृषि उद्यम तथा व्यवसाय सञ्चालन गर्न चाहनेहरूको लागि प्राविधिक तथा व्यवसायिक कार्ययोजना तयार गर्न सहयोग गर्ने/गराउने।
  • कार्यालयबाट संचालन हुने वार्षिक स्विकृत कार्यक्रमहरु मध्ये जिम्मेवारी प्राप्त भएका कार्यक्रमहरुको सूचना प्रकाशन, प्राप्त आवेदनहरुको स्थलगत भेरिफिकेशन, सम्झौता तथा कार्यान्वयन संग सम्वन्धित क्रियाकलापहरुको सघन रुपमा स्थलगत अनुगमन निरिक्षण गरि प्रगति तथा उपलब्धि मापन र अभिलेखिकरण गर्ने। 
  • प्रविधि पुस्तिकाहरु प्रकाशन एवं प्रचार प्रसारमा आवश्यक समन्वय गर्ने। 
  • सरकारी/गैह्र सरकारी संस्था, अनुसन्धान केन्द्र हरु एंव कृषिसँग सम्बन्धित कम्पनीहरु संग समन्वय गरि प्रविधि प्रसार सम्बन्धी क्रियाकलापहरु संचालन गर्ने/गराउने ।
  • स्थानिय तहमा कार्यरत कृषि प्राविधिक एवं कृषकहरुका लागि प्राविधिक परामर्श सेवा प्रदान गर्ने/गराउने।
  • बीउ विजन बिक्रेताहरुका लागि बीउ विजन उत्पादन तथा व्यवस्थापन तालिम संचालन गर्नका लागि सम्वन्धित निकाय संग आवश्यक समन्वय गर्ने तथा बीउ विजन बिक्रेता व्यवसायीको दर्ता तथा नविकरण कार्य गर्ने/ गराउने ।
  • नियमित रुपमा कार्यालयको कमाण्ड क्षेत्र भित्र रहेका बीउ व्यावसायी तथा बीउ उत्पादकहरुको अनुगमन निरिक्षण गरि सोको प्रतिवेदन सम्वन्धित निकायमा पठाउने व्यवस्था मिलाउने ।
  • बीउ उत्पादक समुह/सहकारी/फार्म संगको समन्वयमा बीउ उत्पादन तथा व्यवस्थापन योजना तयार गरि आवश्यक श्रोत बीउको परिमाण आंकलन गर्ने तथा सो सम्वन्धि प्रतिवेदन सम्वन्धित निकायमा नियमति रुपमा पठाउने ।